Content-Length: 149509 | pFad | https://ne.wikipedia.org/wiki/%E0%A4%95%E0%A5%81%E0%A4%B9%E0%A4%BF%E0%A4%B0%E0%A5%8B

कुहिरो - विकिपिडिया सामग्रीमा जानुहोस्

कुहिरो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Light fog reducing visibility on a suburban street. The cyclist is very hazy at about २००m (२१९ yards). The limit of visibility is about ४००m (४३७ yards), which is before the end of the street.

जब बादल आकाशमा नउडी जमीनतिर लहसिन्छ त्यही अल्छी बादललाई हामी कुहिरो भन्दछौँ। रातमा जमीन सेलाएपछि बिहानीपख वायुको तापक्रम घट्दै गई वायुले आफ्नो गर्भभित्रका जलकण ओकलेर कुहिरो निर्माण गरिदिन्छ। अनि वायुले आफ्नो पारदर्शिता गुमाउँछ। हामी टाढाका वस्तु देख्न सक्तैनौँ। कुहिरो बाक्लो भयो भने त्यसलाई हुस्सु भन्दछौँ। अनि थोरै दूरीका वस्तु पनि स्पष्ट हुँदैनन्। पुसमाघतिर रातको तापक्रम अझ शीघ्रातिशीघ्र घट्न सक्छ। त्यस्तो स्थितिमा वायुमा रहेको वाफ कुहिरोमा परिणत हुन नपाउँदै जम्न थाल्छ र तुषारो बन्दछ।खुल्ला ठाउँ र चौरहरू चिनी छरेझैँ सेताम्य हुन्छन्। तर, वातावरण अधिक प्रदूषित छ भने तुषारो पर्न सक्दैन। कुहिरोले नै आफ्नो राज जमाउँछ।










ApplySandwichStrip

pFad - (p)hone/(F)rame/(a)nonymizer/(d)eclutterfier!      Saves Data!


--- a PPN by Garber Painting Akron. With Image Size Reduction included!

Fetched URL: https://ne.wikipedia.org/wiki/%E0%A4%95%E0%A5%81%E0%A4%B9%E0%A4%BF%E0%A4%B0%E0%A5%8B

Alternative Proxies:

Alternative Proxy

pFad Proxy

pFad v3 Proxy

pFad v4 Proxy