Content-Length: 165058 | pFad | https://ne.wikipedia.org/wiki/%E0%A4%AA%E0%A4%BE%E0%A4%81%E0%A4%9A%E0%A4%94%E0%A4%82%E0%A4%B2%E0%A5%87

पाँचऔंले - विकिपिडिया सामग्रीमा जानुहोस्

पाँचऔंले

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पाँचऔँले
औषधिको रूपमा प्रयोग गरिने पाँचऔले
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
उपकुल:
वंश:
प्रजाति:
D. incarnata
वैज्ञानिक नाम
Dactylorhiza hatagirea

पाँचऔँले उच्च पहाडी भेगमा पाइने एक प्रकारको वनौषधी हो। यसलाई कतै कतै "पाँच पाते" भनेको पनि सुनिन्छ । यसको पात हातको औँला जस्तै पाँच भागमा विभाजीत हुन्छ। यो एक लहरा प्रजातीको वनस्पति हो। विभिन्न प्रकारका रोगहरू निको पार्नको लागि यसको प्रयोग आयुर्वेदी औषधीको रूपमा गरिन्छ। यसलाई संस्कृतमा सालममिश्री भनिन्छ र हिन्दिमा सालमपन्जा भनिन्छ भने अङ्ग्रेजीमा Salep भनिन्छ ।

पाँचऔँले प्रजातिको बोट र फुल

नेपालीमा यसलाई पाँचऔँले , हत्ताजडी , हाते, औँले, पनि भनिन्छ । यो करीब ३०–९० से.मी. सम्म अग्लो, एउटा मात्र डाँठ हुने गानायुक्त वनस्पति हो । यसको गाना पन्जा जस्तो आकारको पाँचवटा भागमा बाँडिएको हुन्छ । त्यसैले यसको नाम पाँचऔँले तथा सालमा पन्जा रहेको छ । यसका पातहरू पाँच देखि सातवटा सम्म हुन्छन् र डाँठको दायाँ बाँया एक एक वटा हुँदै फूलको डाँठसम्म ठूलोदेखि सानो हुँदै मिलेका हुन्छन् । यसमा जेठ असारमा फूलहरू लाग्दछन् । डाँठको माथिल्लो भागमा साना गुलाफी तथा प्याजी रंगका फूलहरू वरीपरी मिलेर फूल्दछन् । फुलहरूका झुप्पा १२ देखि २० से.मी सम्म लामा र घना हुन्छन् । यो पश्चिमी पाकिस्तान, हिमालय–गढवाल देखि भुटान र दक्षिण पूर्वी तिब्बत (२५०० – ५००० मिटर), सम्म फैलिएको छ । यो विरुवा नेपालको पश्चिम र मध्ये भागमा करिब २८०० – ४००० मिटर सम्मको उचाईमा पाइन्छ ।

यसको फुल मनमोहक हुन्छ तापनि यसको उपयोग गरिने अङ्ग जमीन मुनि रहने गानो हो, जुन पन्जा जस्तो आकारमा तिनदेखि पाँचवटा औँला भएको हुन्छ । यसको फैलावट प्राकृतिक अवस्थामा एकदमै कम छ । त्यसैले नेपाल सरकारले यसको सङ्कलन , प्रयोग , विक्री वितरण , ओसा्र पसार र निर्यातमा प्रतिबन्ध लगाएको छ । यो एक वलवर्धक जडिबुटी मानिन्छ र यसको सुकेको जराको धुलो दुध सँग खाने गरिन्छ । यसको सुकेको जरा घोटेर काटेको घाउमा लगाउँदा रगत रोकिन्छ र छिट्टै निको हुन्छ । शरद ऋतुमा यसका पातहरू पहेँला भई डाँठ सुक्न थालेपछि यसको सङ्कलन गाना निकालिन्छ । गानालाई चोट नलाग्ने गरी खन्नु पर्दछ । खनिसकेपछि गानालाई राम्ररी धोएर घाममा सुकाउनु पर्दछ ।

पाँचऔँलेको औषधीय गुणहरू

[सम्पादन गर्नुहोस्]

यसको गानो अत्यन्तै पोषणयुक्त हुन्छ । मधुमेह, बीर्यमा शुक्राणुको संख्यामा कमी, आउँ परेको, खोकी, ज्वरो, पिसाव सम्बन्धी समस्या, शरीरको एक पाटोमा पक्षघात भएको, क्षयरोग, नसा सम्बन्धी रोगमा, तीब्र किसिमले पेट दुखेमा, जीउ दुखेमा, तागत र यौन शक्ति वा उत्तेजना बढाउन, छालालाई मुलायम बनाउन र चिलाउने कम पार्न यसको गानोको सेवन गरिन्छ । स्थानीय रूपमा यसको जरा पिसेर काटेको र पोलेको ठाउँमा लेप बनाई लगाइन्छ । लेक लागेमा खाद्य कन्दमूलको रूपमा यसको गानोलाई पकाएर खाइन्छ । [] पाँचऔँलेको सेवनले स्मरण शक्तिपनि बढाउछ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. नेपालमा पाइने प्रमुख गैरकाष्ठ वन पैदावार तथा जडीबुटीहरूको औषधीय प्रयोग र महत्त्व, अनिरुद्ध कुमार साह, वनविज्ञान शास्त्री

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]








ApplySandwichStrip

pFad - (p)hone/(F)rame/(a)nonymizer/(d)eclutterfier!      Saves Data!


--- a PPN by Garber Painting Akron. With Image Size Reduction included!

Fetched URL: https://ne.wikipedia.org/wiki/%E0%A4%AA%E0%A4%BE%E0%A4%81%E0%A4%9A%E0%A4%94%E0%A4%82%E0%A4%B2%E0%A5%87

Alternative Proxies:

Alternative Proxy

pFad Proxy

pFad v3 Proxy

pFad v4 Proxy