Content-Length: 112155 | pFad | https://ne.wikipedia.org/wiki/%E0%A4%AA%E0%A4%A6%E0%A5%8D%E0%A4%AE%E0%A4%B8%E0%A4%AE%E0%A5%8D%E0%A4%AD%E0%A4%B5

पद्मसम्भव - विकिपिडिया सामग्रीमा जानुहोस्

पद्मसम्भव

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


आचार्य पद्मसम्भव

སློབ་དཔོན་པདྨ་འབྱུང་གནས།
तिब्बत सम्यस् गोन्पामा रहेको गुरु पद्मसम्भवको मुर्ति (गुरु ङड्रमा)
जन्मशाक्यमुनि बुद्धको महापरिनिर्वाण पछिको आठौँ सालमा
ओडियान, धनाकोष सगर
चिनारीको कारणभारत, नेपाल, भुटान र तिब्बतमा वज्रयान बौद्ध धर्मको संस्थापक
धर्मभारतीय वज्रयान बौद्ध धर्म

पद्मसम्भव वा आचार्य पद्मसम्भव भारतीय वज्रयान बौद्ध धर्मको एक तान्त्रिक महासिद्ध थिए जसले तिब्बत, भुटान र नेपाल आदि मुलुकहरूमा वज्रयान सम्प्रदायको स्थापन गर्नु भएको थियो। विशेष गरी आचार्य पद्मसम्भव लाई ञिङमा साम्प्रदायिक अनुयायीहरूले महागुरुको रूपमा मानिन्छ।उहाँको जन्म कमलको फुलबाट उत्पत्ति भएको मानिन्छ। ओडियानी राजा इन्द्रभुतीले सुपुत्र का रुपमा स्वीकार्नु भएको थियो। पछि संसारिक बन्दनमा फसेमा अनगिन्ति प्राणिहरूको हित नहुने देख्नुभएर दरबार त्याग्नु भयो।त्यस पछि नेपालको मध्यपुर्वी क्षेत्र मारुतिका (हाल हलेशी नामाकरण गरिएको) सो स्थानमा तिन महिना आयुको साधना गर्नुभई सिद्धी प्राप्त गर्नुभयो। उहाँले नेपालको फर्पिङ्ग स्थित (हाल शेषनारायण नामाकरण गरिएको) याङ्गलेश्योदमा बाह्र बर्ष श्री हेरुक र वज्र किलायको साधना गर्नुभयो। त्यस्तै छ्युमिग ज्याङ्गछुब (ऋषेश्वर नामाकरण गरिएको) मा पनि साधना गर्नुभई अमृतमय पानी निकाल्नुभयो। नेपालको आधिकंश ठाउं हरुमा गुरु पाल्नुभयो र साधना गर्नुभयो, जस्तै तेमाल,मावारला,मनकामना,पाँचपोखरी,तिलिचो पोखरी, सिन्धुपाल्चोक, सोलुखुम्बु, संखुवासभा, काठमाडौं,दोलखा सैलुङ्ग डाँडा,चुम,नुबरी,डोल्पा,मनाङ्ग,मुस्ताङ्ग आदित्यादी। त्यसपछि आठौं शताब्दीमा तिब्बती धर्मराजले तिब्बतमा स्वागत गर्नुभई तन्त्र र महासन्धिको धर्मचक्र प्रवर्तन गर्नुभयो।अन्तमा मङ्गयुल गुङ्गथाङ्ग नामक स्थान बाट चामर द्विप तर्फ जानुभयो।

गुरु पद्मसम्भवको अष्ट लक्षण

[सम्पादन गर्नुहोस्]
  1. गुरु शाक्यसिंह
  2. गुरु पद्मसम्भव
  3. गुरु सूर्यप्रभ
  4. गुरु सिंहनादः
  5. गुरु दोर्जे ड्रोलोद्
  6. गुरु सरोजम्वज्र
  7. गुरु पद्मराज
  8. गुरु लोदन छोगसेद्

गुरु पद्मसम्भवको मुख्य शिष्यगण छिम्फुको पच्चीस महासिद्ध[]

[सम्पादन गर्नुहोस्]
  1. धर्मराज ठ्रीस्रोङ देउचन
  2. सङ्ग्यास येशेस् (बुद्धरत्न)
  3. ग्यल्वा छोगयाङस्
  4. नाम्ख्यी ञिङ्पो
  5. ञगस् येशेस् ज्होन्नु (ज्ञानकुमार)
  6. येशेस् छोग्याल
  7. पाल्ग्यी येशेस्
  8. पाल्ग्यी सेङ्गे
  9. वैरोचन
  10. दोर्जे दुद्जोमस्
  11. येशेस् याङस्
  12. सोग्पो ल्हापाल
  13. नानाम येशेस्दे
  14. युड्रा ञिङ्पो
  15. पाल्ग्यी वाङ्छ्युगस्
  16. शुद्पु पाल्ग्यी सेङ्गे
  17. दान्म चेमङ्
  18. कावा पाल्चेगस्
  19. ग्याल्वयी लोड्रोस्
  20. ख्येउछुङ् लोचवा
  21. ड्रन्प नम्खा
  22. वोड्रन वाङ्छ्युगस्
  23. माथोग रिन्छेन
  24. पाल्ग्यी दोर्जे
  25. लाङ्ड्रो कोन्छोग ज्युङ्नास
  26. ग्याल्व ज्यङ् छुब्

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. འཁྲུལ་ཞིག་དབང་དྲག་རྒྱ་མཚོའི་གསུང་འབུམ། དཔལ་ཡུལ་དགོན་པའི་དབུ་མེད་བྲིས་མ། པོད་དང་པོ། ཅ་རྟགས་ཅན། རྗེ་འབངས་ཉེར་ལྔའི་གསོལ་འདེབས་བྱིན་རླབས་སྤྲིན་དཔུང་། ལྡེབ་ངོས་ 40.3-48.1 ནང་གསལ།

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

आचार्य पद्मसम्भवको जीवनी









ApplySandwichStrip

pFad - (p)hone/(F)rame/(a)nonymizer/(d)eclutterfier!      Saves Data!


--- a PPN by Garber Painting Akron. With Image Size Reduction included!

Fetched URL: https://ne.wikipedia.org/wiki/%E0%A4%AA%E0%A4%A6%E0%A5%8D%E0%A4%AE%E0%A4%B8%E0%A4%AE%E0%A5%8D%E0%A4%AD%E0%A4%B5

Alternative Proxies:

Alternative Proxy

pFad Proxy

pFad v3 Proxy

pFad v4 Proxy