Content-Length: 116004 | pFad | http://ne.wikipedia.org/wiki/%E0%A4%A6%E0%A4%BF%E0%A4%AA%E0%A4%BE%E0%A4%99_%E0%A4%A4%E0%A4%BE%E0%A4%B2

दिपाङ ताल - विकिपिडिया सामग्रीमा जानुहोस्

दिपाङ ताल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

दिपाङ ताल कास्की जिल्लाको लेखनाथ नगरपालिकामा अवस्थित ताल हो । लेखनाथ नगपालिकाको चौथौ ठूलो तालको रूपमा यस तालको क्षेत्रफल ८.९८ हेक्टर रहेको छ । यस तालले नगरपालिकाको कुल क्षेत्रफलको ०.११% र ताल क्षेत्रको१.९५% भाग ओगटेको छ। यस नगरपालिकाको ६नं वडाभित्र सीमाबद्ध भएको यस तालको पूर्वमा रुपा, बेगनास, मैदी ताल र उतरपश्चिममा गुँदे, न्युरेनी, खाष्टे ताल रहेका छन्। यो ताल बेगनास, रुपाखाष्टे तालभन्दा क्रमश:४१.५४,१२.८०,१.५१गुणाठूलो र गुँदे, न्युरेनी, मैदी तालभन्दा क्रमश:१.८०,३.१७,७.६७ गुणासानो छ । योताल पनि जलाधार क्षेत्रको भू-क्षयको शिकार भन्दा सीमा अतिक्रमण र जालोको समस्याबाट ग्रसित छ । क्रमश: तालको आकार घट्दै गएबाट तालको वास्तविक अवस्थाको संरक्षण र उपयोगिता मुलक कार्यहरूको मजबुतिकरण पनि घट्दैगएको देखिन्छ । यसतालमा पनि मत्स्य पालन उत्पादन व्यवसाय शुन्य अवस्थामा रहेको छ ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]








ApplySandwichStrip

pFad - (p)hone/(F)rame/(a)nonymizer/(d)eclutterfier!      Saves Data!


--- a PPN by Garber Painting Akron. With Image Size Reduction included!

Fetched URL: http://ne.wikipedia.org/wiki/%E0%A4%A6%E0%A4%BF%E0%A4%AA%E0%A4%BE%E0%A4%99_%E0%A4%A4%E0%A4%BE%E0%A4%B2

Alternative Proxies:

Alternative Proxy

pFad Proxy

pFad v3 Proxy

pFad v4 Proxy