Content-Length: 125161 | pFad | http://ne.wikipedia.org/wiki/%E0%A4%AA%E0%A4%B0%E0%A5%8D%E0%A4%B8%E0%A4%BE_%E0%A4%B0%E0%A4%BE%E0%A4%B7%E0%A5%8D%E0%A4%9F%E0%A5%8D%E0%A4%B0%E0%A4%BF%E0%A4%AF_%E0%A4%A8%E0%A4%BF%E0%A4%95%E0%A5%81%E0%A4%9E%E0%A5%8D%E0%A4%9C

पर्सा राष्ट्रिय निकुञ्ज - विकिपिडिया सामग्रीमा जानुहोस्

पर्सा राष्ट्रिय निकुञ्ज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पर्सा राष्ट्रिय निकुञ्ज
नेपालको नक्सामा पर्सा राष्ट्रिय निकुञ्ज अवस्थित क्षेत्र
स्थाननेपाल
नजिकैको सहरनारायणगढ
क्षेत्र४९९ किमी (१९३ वर्ग माइल)
स्थापनासन् १९९४
निकायराष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन मन्त्रालय

पर्सा वन्यजन्तु आरक्ष नारायणी अञ्चलको चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको वन्यजन्तु आरक्षण क्षेत्र हो, जुन चितवन जिल्लाको पूर्वी भाग, मकवानपुर जिल्लाको दक्षिणी भाग, अनि पर्साबारा जिल्लाका उत्तरी भागहरूमा फैलिएको छ। यस आरक्षको क्षेत्रफल ४९९ बर्ग कि.मी. छ। वि.सं. १९८४ मा जंगली हात्तीको बासस्थान संरक्षण गर्ने हेतुले यस आरक्षको स्थापना गरिएको हो। यसले ७५० मिटर देखि ९५० मिटर सम्मको चुरे पहाड क्षेत्र ओगटेको छ। यसको हावापानी उष्ण प्रदेशीय प्रकारको छ ।

वनस्पति तथा वन्यजन्तुहरू

[सम्पादन गर्नुहोस्]

यहाँ चुरे पहाडको माथिल्लो भागमा सल्लो र होंचो भागमा खयर, सिसौ, सालका जंगलहरू छन्। चुरे पहाडको दक्षिणपट्टिको भेकमा घाँसे मैदान छ। यहाँ हात्ती, बाघ, चितुवा, भालु, गौर, निलगाई, चित्तल, मृग, लंगुर बाँदर, हुँडार, बन बिरालो आदि जंगली जनावरहरू पाइन्छन्। त्यसका साथै यहाँ करीब ३०० प्रजातिका चराहरू पाइन्छन्। ती मध्ये मयुर, धनेश, मैना आदि पर्दछन्। विभिन्न घस्रने जनावरहरू जस्तै कोब्रा, करेत, अजिंगर आदि पनि पाइन्छन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

http://www.geocities.com/holcomnp/AboutHetauda/Tourist/WildLife.htm पर्सा वन्यजन्तु आरक्ष वेब्याक मेसिन अभिलेखिकरण २०१०-११-२९ मिति नेपाल सरकार वन तथा भु-संरक्षण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग









ApplySandwichStrip

pFad - (p)hone/(F)rame/(a)nonymizer/(d)eclutterfier!      Saves Data!


--- a PPN by Garber Painting Akron. With Image Size Reduction included!

Fetched URL: http://ne.wikipedia.org/wiki/%E0%A4%AA%E0%A4%B0%E0%A5%8D%E0%A4%B8%E0%A4%BE_%E0%A4%B0%E0%A4%BE%E0%A4%B7%E0%A5%8D%E0%A4%9F%E0%A5%8D%E0%A4%B0%E0%A4%BF%E0%A4%AF_%E0%A4%A8%E0%A4%BF%E0%A4%95%E0%A5%81%E0%A4%9E%E0%A5%8D%E0%A4%9C

Alternative Proxies:

Alternative Proxy

pFad Proxy

pFad v3 Proxy

pFad v4 Proxy