सामग्रीमा जानुहोस्

राजनीतिक अर्थशास्त्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

राजनीतिक अर्थशास्त्र (political economy)को अर्थ के हो भने यो विषय सुरुमा राजनीति शास्त्रको एक अंगको रूपमा थियो र यसको स्वतन्त्र अस्तित्व थिएन । उन्नाइसौँ शताब्दीमा विचारकहरूले के अनुभव गर्न थाले भने राजनीतिक अर्थशास्त्रले यस शास्त्रको सम्पूर्ण विषय वस्तु समेट्न सक्दैन । यस शास्त्रमा सामाजिक मानिसहरूका आर्थिक सम्बन्ध र त्यसमा भइरहने परिवर्तनहरूको अध्ययन गरिन्छ जबकि यस्ता कुराहरूको राजनीतिसंग कुनै सम्बन्ध हु“दैन । त्यसैले जर्मन अर्थशास्त्रीहरूले यस विषयलाई सामाजिक अर्थशास्त्र (Social Economics) भन्नु उचित ठाने । यसरी विभिन्न नामले सम्बोधित गरिएको यस विषयलाई उन्नाइसौ“ शताब्दीमा अर्थशास्त्र वा इकोनोमिक्स भन्ने प्रचलन भयो । कौटिलीय अर्थशास्त्रको कृतिलाई राजनीतिक अर्थशास्त्रको प्राचीनतम पुस्तक मान्न सकिन्छ । []
अर्थशास्त्र शब्दको अङ्ग्रेजी समानान्तर इकोनोमिक्स हो जुन ग्रीक ओइकोनोमियाबाट बनेको छ । यसको अर्थ घरेलु प्रबन्ध र व्यवस्थापन गर्नु हो तर वि.सं १८३३ मा यूरोपमा जब यस विषयको जन्म भएको थियो, यस विषयको स्वतन्त्र अस्तित्व र नामकरण समेत भएको थिएन । विलियम स्टेनली जेभन्सका विचारमा अर्थशास्त्रको जन्मदाता एडम स्मिथ नभएर रिचार्ड क्यान्टिलियन [] पछि विद्वान्हरूले यस विषयलाई वेल्थ, प्लुटोलोजी, क्रेमाटिस्टिक्स, क्याटेलेक्टिक्स, पोलिटिकल इकोनोमी आदि नामकरण गर्ने प्रयास गरे । अठारौ“ शताब्दीभर यस विषयको नाम पोलिटिकल इकोनोमी वा राजनीतिक अर्थशास्त्र नै रह्यो ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. बाबु राम ज्ञवाली, वि.सं.२०७१, कौटिल्य र शुक्रको राजनीतिक अर्थशास्त्र, ज्ञानज्योति प्रकाशन ।
  2. पुरुषोत्तम नायक, ओरिजिन अफ द साइन्स अफ इकोनोमिक्स– अ क्वेस्ट,जरनल अफ आसाम यूनिवर्सिटी, (भोल्युम २, सन् १९९७), पृ. ४७–५२ ।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]
pFad - Phonifier reborn

Pfad - The Proxy pFad of © 2024 Garber Painting. All rights reserved.

Note: This service is not intended for secure transactions such as banking, social media, email, or purchasing. Use at your own risk. We assume no liability whatsoever for broken pages.


Alternative Proxies:

Alternative Proxy

pFad Proxy

pFad v3 Proxy

pFad v4 Proxy