सामग्रीमा जानुहोस्

अपकृत्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
|}}}|}}}|}}
अपकृत्य विधि }|}}
अङरेजी शब्‍द Law of Tort
नेपालमा अवधारणा स्‍विकार गरिएको छैन
अध्‍ययन (नेपालमा सुरुआतकर्ता) Rajendra Kuamr Acharya }

अपकृत्य “Tort” शब्दको नेपाली रूपान्तरण हो । यो शब्द Latin शब्द “TORTUM”बाट बनेको हो । फ्रेन्च भाषामा यसको अर्थ तोड मरोड गर्नु भन्ने हुन्छ । जसलाई दोष, दुष्कृति, अपकार भनेर बुझन सकिन्छ । दोषपूर्ण कार्यलाई फौजदारी अर्थात आपराधिक गल्ती र देवानी गल्तीको रूपमा विभाजन गर्न सकिन्छ । अपकृत्य देवानी गल्ती वर्गमा पर्दछ । अपकृत्यमा वादीलाई भएको क्षतिको लागि क्षतिपूर्ति तिर्न बाध्य पारिन्छ ।

अपकृत्य विधिको मुख्य उद्देश्य पीडित व्यक्ति वा उसको आश्रित व्यक्ति वा परिवारलाई दोषकर्ताबाट क्षतिपूर्ति दिलाउनु हो । क्षतिपूर्ति दिलाउने विभिन्न तरिकाहरू मध्ये कहिलेकाँही अनुकरणात्मक क्षतिपूर्ति दिलाएर दोषीलाई पुनः अपकार गर्नबाट रोक्ने उद्देश्य पनि राखिन्छ । देवानी क्षति भनेर दावी गरिएको अवस्थामा यदि क्षतिपूर्तिको कारवाही स्वीकार योग्य छैन भने त्यसलाई अपकृत्य भनिँदैन । अपकृत्य हुनको लागि अनिर्धारित क्षतिपूर्तिको विषय हुनु अनिवार्य रहन्छ । अन्य कुनै कानुन, सम्झौता आदिबाट कुनै पनि प्रकारको क्षतिपूर्ति प्राप्त गर्ने रहेछ भने त्यो अपकृत्य विधिको क्षेत्र भित्र पर्दैन ।

अपकृत्य कानूनले अर्काको अधिकारलाई सम्मान गर्ने हुदाँ यसले व्यक्तिलाई अनुशासित एवं मर्यादित बनाउँछ । यसको पूर्ण परिपालनाबाट समाजमा हुने धेरै अपराधहरूमा नियन्त्रण हुन जान्छ ।

मानौं तपाईकी पत्नीलाई उपचारको लागि विर अस्पतालमा लैजानु भएकोमा डाक्टरको घोर उपेक्षाको कारण गलत उपचार भएबाट रोग निको हुनको सटटा बढदै गयो । त्यस पछि अन्य अस्पतालमा भर्ना गराएर समेत उपचार गराउनु भयो । तर ३ महिना लामो उपचारको क्रममा पत्नीको मृत्यु भयो । यसमा तपाईँले निम्न लिखित प्रकृतिको हिसाब जोडेर क्षतिपूर्ति दावी गर्न सक्नु हुन्छ:

  • ३ महिनासम्म अस्पतालमा लागेको खर्च २ लाख रूपैया;
  • तपाईँले ३ महिनासम्म दौडधुप गर्नु भएको हुँदा त्यस अबधिमा तपाईँले आय आर्जन गर्न सक्नु भएन । त्यसैले तपाईँको मासिक आय १० हजार रूपैयाका दरले ३० हजार रूपैया;
  • तपाईँलाई पर्न गएको मानसिक तनाव, तपाईँको यौन जीवनमा पर्न गएको असर, तपाईँले पत्नीबाट प्राप्त गर्ने सहयोग आदिलाई रकममा परिणत गर्दा हुन आउने रकम रु. ५० हजार रूपैया (अन्दाजी);
  • त्यस अतिरिक्त मनासिव माफिकको अन्य रकम ।

अपकृत्य तत्‍वहरू

[सम्पादन गर्नुहोस्]

कानुनविद राजेन्‍द्र कुमार आचार्यको पुस्‍तक दुष्कृति कानून अनुसार "अपकृत्य हुनको लागि दोषपूर्ण कृत्य हुन जरुरी छ । यस्ता कृत्यहरू सकारात्मक वा नकरात्मक दुवै प्रकारका हुन सक्छन । सामान्यत व्यक्ति आफूले गरेका सम्पूर्ण कृत्यहरूप्रति जवाफदेही हुनु पर्छ । तयस्ता कृत्यहरूबाट अरु कसैलाई असर पर्न गएमा यदि ति कृत्यहरूको न्यायौचित्य छैन भने आफू दायी हुनु पर्छ । तर मनुष्यको नियन्त्रण बाहिर रहेका कृत्यहरू प्रति भने दायी हुन पर्देन । जस्तो कि प्राकृतिक घटना, भुइचालो आउनु, चट्याङ पर्नु, बाढी, पहिरो, आएर क्षति पु¥याउनु आदि घटनाहरू जुन मनुष्यको नियन्त्रण बाहिर रहेका छन यस्तोमा मनुष्य उत्तरदायी हुन सक्दैन । र उत्तरदायी बनाउन पनि मिल्दैन र सकिदैन । त्यसैगरि मनुष्यको सोच, विचार मात्र जुन अन्यकोलागि हानी कारक हुन सक्दैन, हुदैन तथा त्यसलाई प्रमाणित गर्न पनि सकिदैन त्यसलाई पनि उत्तरदायी बनाइृदैन र बनाउन पनि सकिदैन । तसर्थ मनुष्यका तयस्ता कृत्यहरू जनु प्रमाणित गर्न वा अनुशासित गर्न सकिन्छ तथा जसबाट अर्को व्यक्तिलाई असर पर्न जान्छ भने तयस्तो अवस्थामा कनुष्यलाई आपूले गरेको कृत्यप्रति उत्तरदायी बनाइन्छ ।"

विधिक अपकृत्य र अपकृत्य विधका सामान्य सिद्धान्तको फरक

[सम्पादन गर्नुहोस्]

कुन विषय कानूनी अपकृत्य हो र कुन सामान्य सिद्धान्त अन्तर्गत पर्ने हो भनेर छुटयाउनका लागि कुनै पनि अपकृत्यात्मक विषयलाई यदि कानुन बनाएर व्यवस्थित गरियो भने त्यो कानूनी अपकृत्य (Statutory Tort) हुन जान्छ । कानुन बनेको छैन तर हक अधिकारमा असर परेको र त्यसको उपचार प्राप्ति सम्भव छ भने त्यो सामान्य सिद्धान्त अन्तर्गतको अपकृत्य हो । आजभोलि विश्वका अधिकांश देशमा कानुन बनाएर अपकृत्यलाई व्यवस्थित गर्न खोजेको पाइन्छ । केही नेपाली कानुनमा पनि क्षतिपूर्तिको कुरा राखिएको छ । नेपालको कानुनमा समेटिएका क्षतिपूर्तिका कतिपय प्रावधानहरू अपकृत्यविधिको अवधारणा अनुरूप नभै क्षतिपूर्ति दिनु पर्छ भन्ने मान्यतामा आधारित देखिन्छन् । नेपालको सन्दर्भमा कुरा गर्दा उपभोक्ता संरुषण ऐन, २०५४ विधिक अपकृत्यको उत्कृष्ट उदाहरणको रूपमा प्रसतुत गर्न सकिन्छ । अपकृत्य विधिको सामान्य सिद्धान्तको आधारमा कारवही चली न्याय निरोपण भएको उदाहरण लेखकले फेला पार्न सकेका छैन ।

नेपालका क्षतिपूर्तिको लागि कारवाही चलेका मुद्दाहरूलाई नियाल्ने हो भने पनि अपकृत्यको अवधारणा वमोजिम दायर गरिएको नभनेर कानुनले कारवाहीको अनुमति दिएको भन्ने आधारमा मात्र मुद्दा दायर भएको पाइन्छ । त्यस आधारमा हेर्दा नेपालको हकमा जहाँ उपचार छ त्यहाँ अधिकार छ भनेर भन्नै पर्ने अवस्था रहेको छ । यो मान्यतालाई परिवर्तन गरेर अधिकार हुनासाथ उपचार अन्तर्निहित छ भनेर कारवाही चलाई उपचार खोज्नु पर्छ । वास्तवमा भन्नु पर्दा अपकृत्यमा क्षतिपूर्ति सम्बन्धी प्रावधान जहिले पनि अनिर्धारित क्षतिपूर्ति (un liquidated damages)को सिद्धान्तबाट प्रेरित हुन्छ । यदि निर्धारित क्षतिपूर्ति (un liquidated damages) भयो भने त्यसले अपकृत्यको चरित्र गुमाउँछ ।

अपकृत्य र अपराधमा अन्तर

[सम्पादन गर्नुहोस्]
  • अपराधमा राज्यद्वारा कारवाही चलाईन्छ । अपकृत्यमा पीडित पक्ष आफैंले कारवाही चलाउनु पर्ने हुन्छ ।
  • अपराध फौजदारी अदालतमा कारवाही चल्छ, अपकृत्य देवानी अदालतमा कारवाही चल्छ ।
  • अपराधले सामाजिक हकाधिकारमा असर पारेको हुन्छ, अपकृत्यले व्यक्तिगत हकाधिकारमा प्रत्यक्ष असर पारेको हुन्छ ।
  • अपराधमा राज्यद्वारा दण्ड सजाय दिईन्छ, अपकृत्यमा पीडित पक्षलाई क्षतिपूर्ति दिलाईन्छ । क्षतिपूर्ति नै अपकृत्यको मूल आधारशिला हो ।

अपराध र अपकृत्यमा फरक हुँदा हुँदै पनि आजभोलि धेरै जसो फौजदारी अपराधहरूलाई पनि उही नाम र तत्वबाट अपकृत्यको रूपमा स्वीकार गरिएको छ । जहाँ मनसाय खोल्नु पर्ने प्रकृतिका अपकृत्यहरू छन, त्यसमा यस्तो अवस्था आई परेको छ । जस्तैः मानहानी, षडयन्त्र, छल, धोका, अपचलन, कुटपिट, आक्रषण, द्वेषपूर्ण अभियोजन, मिथ्या कथन, उपताप÷विज्याई, अतिचार ÷अनधिकृत प्रवेश, मिथ्या कारावास (वेरितसँग थुन्ने) आदि ।

क्षतिपूर्ति र अपकृत्‍य

[सम्पादन गर्नुहोस्]

यदि प्रतिवादीको दोषपूर्ण कृत्यको कारण वादीलाई कुनै हानी नोक्सानी हुन गएको भन्ने प्रमाणित हुन्छ भने अदालतद्वारा वादीलाई धनीय रूपमा प्रतिकर दिलाउँछ । प्रतिवादीबाट दोषपूर्ण कृत्य भएको भन्ने प्रमाणित हुनासाथ वादीले क्षतिपूर्ति पाउँछ । यद्यपि त्यो क्षतिको अङ्क नाम मात्रको किन नहोस । अपकृत्यको विषयमा वादीलाई विशेष क्षति भएको भन्ने कुरा प्रमाणित गरी रहनु पर्दैन । विधिक क्षति भएको भन्ने प्रमाणित हुनासाथ वादी क्षतिपूर्तिका लागि दावेदार हुन जान्छ । तर कहिलेकाँही विशेष क्षतिको दावी लिइएको छ भने त्यस्तो अवस्थामा सो क्षति भएको भन्ने प्रमाणित हुनु पर्छ । विशेष क्षति भएको भन्ने दावीमा विशेष क्षति प्रमाणित भएन भने उसले सामान्य क्षति वापतको रकम समेत प्राप्त गर्न नसक्ने अवस्था सिर्जना हुन्छ । तर सामान्य रूपमा विधिक क्षतिको रूपमा आएको विषयवस्तुमा भने वादीले विशेष क्षतिको रकम पनि प्राप्त गर्न सक्ने अवस्था आउन सक्छ । अदालतद्वारा क्षतिपूर्ति भराउनु पूर्व देहायका कुराहरूको परीक्षण गर्दछ:

  • के आरोपित क्षति प्रतिवादीको कार्यबाट नै भएको हो ?
  • त्यो क्षति दूरवर्ति त छैन ?
  • क्षतिको लागि द्रव्यीय प्रतिकर÷क्षतिपूर्ति के हुन सक्छ ?

नेपालको अवस्था

[सम्पादन गर्नुहोस्]

नेपालमा तुङ्ग शमसेर विरुद्ध इण्डियन एयरलाईन्सको मुद्दामा गरिएको फैसलाबाट अपकृत्य विधिको समुचित विकास हुन सकेन र यसको अवधारणलाई स्वीकार गरिएन । तर पनि ऐन कानुनमा भएका कतिपय प्रावधानहरूको समुचित व्याख्या एवं विश्लेषण गर्ने हो अपकृत्य विधिको राम्रो विकास गर्न सकिन्छ । कतिपय विधिवेत्ताहरू नेपालमा अपकृत्य विधि सम्बन्धी कानुन नै छैन भन्ने धारणा राख्दछन । उनीहरूका अनुसार यसको विकासको लागि कानुन बनाउनु पर्छ । तर यथार्थमा भन्नु पर्दा अपकृत्य विधिको लागि कानुन आवश्यक पर्ने हुँदैन । यो कमल ल प्रणालीको एउटा प्रमुख मान्यता र विकसित अवधारणा भएकाले यसको लागि छुट्टै कानुन बनाई रहनु जरुरी हुँदैन । यदि कानुन बनाएर अपकृत्य विधिको संरचना तयार गरियो भने त्यसलाई सैद्धान्तिक रूपमा अपकृत्य नभनेर विधिक अपकृत्य (Statutory Tort) भनिन्छ । नेपालमा हाल लागू भएको मुलुकी देवानी संहिता २०७४ को दफा ६७२ देखि दफा ६८४ सम्म दुष्कृतिका बारेमा व्यवस्था गरिएको छ । प्रयोगको २ वर्ष हुँदा पनिनेपालमा दुष्कृति कानूनलाई आधार लिएर अदालतहरुमा प्रयाप्त मात्रामा विवादहरू प्रस्तुत भएका छैनन । यसबाट नेपालमा कानुनी रूपमा दुष्कृति विधिको विकास हुन समय लाग्ने देखिन्छ । तर अदालतले चाहेमा आफ्ना फैसलाहरू मार्फत यसलाई तत्कालै लागू गर्न सक्दछ ।

नेपालमा अपकृत्‍य विधिको अध्‍ययन

[सम्पादन गर्नुहोस्]

अपकृत्‍य विधि नेपालको लागि नया विषय हो। ,नेपालमा यसबारे न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यले अपकृत्य विधि लागू गराउनमा लागि परेका छन । उनी नेपालका एक मात्र अपकृत्य विधिका विशेषज्ञ हुन । राजेन्‍द्रकुमार आचार्यले यसका विषयमा झन्‍डै दुई सय जति लेखहरू समेत लेखिसकेका छन्।

pFad - Phonifier reborn

Pfad - The Proxy pFad of © 2024 Garber Painting. All rights reserved.

Note: This service is not intended for secure transactions such as banking, social media, email, or purchasing. Use at your own risk. We assume no liability whatsoever for broken pages.


Alternative Proxies:

Alternative Proxy

pFad Proxy

pFad v3 Proxy

pFad v4 Proxy